दाङको प्रदेशसभा उपचुनावमा नेकपा विजयी

जनपत्र
१६ मंसिर २०७६, सोमबार ०६:०७

प्रदेशसभा उपचुनाव अन्तर्गत दाङ ३ ९ख० मा नेकपाकी बिमलाकुमारी खत्री विजयी हुनुभएको छ । उहाँले २४ हजार २८६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याउनुभयो ।

यसअघि २०७४ सालको चुनावमा एमालेका उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर विजयी हुनुभएको थियो। त्यतिबेला कांग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*