प्रदेशमा सार्वजनिक, निजी साझेदारीको १५ करोडको काम गरिने

जनपत्र
१३ मंसिर २०७६, शुक्रबार १६:२३

हेटौंडा / प्रदेश नम्बर–३ मा निर्माण भएको सार्वजनिक निजी साझेदारी समितिले आफ्नो काम प्रदेशमा दु्रत रुपमा अगाडी वढाउने भएको छ । समितिका अध्यक्ष समेत रहनुभएका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंङ्गेलको अध्यक्षतामा आज हेटौंडामा वसेको वैठकले सातवटा प्रदेशमै पहिलो पटक यस प्रदेशमा ऐन पास भएकाले यसको काम छिटो रुपमा अगाडी वढाउन निर्देशन समेत दिनुभयो ।

प्रदेश सरकारले सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ वजेट छुट्याएको थियो ।
यो वजेटलाई सदुपयोग गरेर काम गर्नका लागि मन्त्री ढुङ्गेलले आग्रह गर्नुभयो । ऐनले दिएको अधिकार अनुसार नियमावली, कार्यबिधि समेत वनाएर काम गरिनुपर्ने उहाँले वताउनुभयो । यसमा कार्यान्वयनका लागि कुनै पनि किसीमका कानूनी जटिलता आइपरेमा समस्याको समाधान गरिने उहाँले वताउनुभयो ।

वैठकमा प्रदेशका मन्त्रालयका सवै सचिवहरु, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो । यस समितिमा १२ जना सदस्य रहने व्यावस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*