राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने कैलालीबाट पक्राउ

जनपत्र
१३ मंसिर २०७६, शुक्रबार ०६:२८

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्बिर अतिरन्जित गर्ने आकाश सिंह ठकुरी कैलालीबाट पक्राउ परेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको स्टाटस पोष्ट गर्ने कैलाली घर भएका ठकुरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ लाई बुझाएको हो । सीआईबीका प्रमुख ‘डीआईजी’ निरज शाहीले ठकुरीलाई पक्राउ गरेर काठमाडैँ ल्याइसकेको पुष्टि गरे । पक्राउ परेका ठकुरीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका ठकुरीले ‘राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको’ डीआईजी शाहीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*