थाइल्याण्डको बेहुली दौड, सडकमा दौडिए ३ सय जना हुनेवाला बेहुली

जनपत्र
१२ मंसिर २०७६, बिहीबार ०७:१२

दुनियाँमा अनेक प्रतिस्पर्धाहरू हुन्छन् । त्यस्तै अनौठोमध्ये एक बेहुली दौडने प्रतियोगिता थाइल्याण्डमा हुने गरेको छ । हरेक वर्षझैं योपटक पनि थाइल्याण्डमा हुनेवाला बेहुलीहरूको दौड प्रतियोगिता आयोजना भएको छ । राजधानी बैंककमा आइतबार भएको उक्त प्रतियोगितामा ३ सय जना युवतीहरू बेहुली पहिरनमै सजिएर सडकमा दौडिए ।

इजी रनिंग अफ ब्राइड्स ८ नामक उक्त प्रतियोगितामा पहिलो हुने महिलाले ३० लाख भाट अर्थात् १ करोडभन्दा धेरै रुपैयाँबराबरको पुरस्कार पाएकी छन् । बैंककमा हरेक वर्ष बेहुली पहिरनको दौड हुने गर्दछ । प्रतियोगिता जित्नेलाई लाखौं रुपैयाँको बिहे प्याकेज उपलब्ध गराइन्छ । रोचक त के भने यो प्रतियोगितामा बेहुलीहरूसँगै उनीहरूका बेहुलाहरू पनि दौडिन्छन् ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*