वर्षासँग अमेरिका उडे अनमोल, तर किन ?

जनपत्र
१२ मंसिर २०७६, बिहीबार ०६:५३

आइतबार जापानमा भएको ‘सूर्य इन्टरनेशल अवार्ड’ मा फिल्म ‘क्याप्टेन’ बाट पपुलर अभिनेताको अवार्ड जितेका अनमोल केसी र फिल्म ‘गोपी’ बाट सह(अभिनेत्रीको अवार्ड हात पारेकी अभिनेत्री वर्षा राउत अमेरिका पुगेका छन् । उनीहरु जापानबाट सिधै अमेरिका उडेका हुन् । नोभेम्बेर ३० तारिखमा हुन लागेको ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनीहरु अमेरिका पुगेका हुन् ।

वर्षाले जापानको विमानस्थालमा अनमोलसँग बसेको एक तस्विर इन्स्टाग्राम स्टोरीमा साझेदार गरेकी छन् । तस्विरमा दुबै खुसी मुद्रामा देखिएका छन् । अनमोल यसअघि पनि यो अवार्डमा सहभागी हुनका लागि अमेरिका पुगेका थिए । वर्षाले भने पहिलो पटक ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागिता जनाउँदैछिन् । अमेरिकामा बर्कली शहरमा अवस्थित युसी थिएटरमा अवार्ड हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*