मनहरी गाउँपालिका र वडा कार्यालयको ६ वटा भवन निर्माण हुँदै

गाउँपालिकाको साढे ३ तले ३९ कोठाको भवन यस्तो वन्दैछ ।
जनपत्र
११ मंसिर २०७६, बुधबार ०७:५८

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको कार्यालय र अरु ६ वटा वडा कार्यालयको भवन चालु आर्थिक वर्षमा निर्माण गर्ने तयारी गरिएको छ । स्थानीय तह भएपछी अहिले वडा तहमा कामको चाप वृद्धी भएको र वडा कार्यालयहरुका लागि जग्गा समेत प्राप्त भएकाले भवन निर्माणका लागि सवै तयारी पुरा भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।

मनहरीको रजैयामा गाउँपालिकाको साढे ३ तलाको हल सहित ३९ कोठे भवन निर्माण गर्न लागिएको वताउँदै अध्यक्ष उप्रेती भन्नुहुन्छ–‘पालिकाको भवन सुविधा सम्पन्न अपाङ्ग मैत्री निर्माण गर्न लागेका हौं । भवनको नक्सा समेत निर्माण भइसकेको छ । अव काम सुरु गर्न लागेका हौं ।’ गाउँपालिकाको भवन १० करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो ।

यसैगरी गाउँपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडाको कार्यालय भवन चालु आर्थिक वर्षमा निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । वडाका वासिन्दाले वडा कार्यालय भवन निर्माणका लागि १० धुर देखि २ कठ्ठा सम्म जग्गा दान गरेकाले भवन निर्माण गर्न थप सहयोग पुगेको उहाँले वताउनुभयो । पहिलेका गाविस कार्यालय, वडा कार्यालय भवन साघुरो, भाडामा वस्नुपर्ने बाध्यता भएपछी आफ्नै भवन निर्माण गर्न लागिएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*