समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यवद्धता

चन्द्रकुमारी व्यञ्जनकार
९ मंसिर २०७६, सोमबार ११:३०

आज लैंगिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान शुरुको दिन हो । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान लैंगिक हिंसा अन्त्यको लागि समर्पित एक विश्वव्यापी अभियान हो महिलाहरुको लागि विश्वव्यापी नेतृत्व केन्द्र स्तरको संयोजन हो ,यो अभियानको शुभारम्भ नोभेम्वर महिनाको २५ तारिख यो दिनमा लैंगिक हिंसा अन्त्य गर्न मनाईने अन्तराष्ट्रिय दिवस हो र समापनको दिन भनेको डिसेम्वर १० , यो दिनमा मानवअधिकार दिवस पनि पर्दछ ।

हिंसा विरुद्धको अभियानको इतिहास

सन् १९९१ मा सेन्टर फर ओमनस् ग्लोवल लिडरसीप को सहयोगमा विभिन्न २० देशका २३ उत्साहित महिलाहरुको एक समुहले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शुरुवाट गर्दै यस अभियानमा जुट्न सम्पुर्ण विश्वलाई आव्हान गरेका थिए ।

२५ नोभेम्वर महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवस पर्दछ भने डिसेम्वर १० को दिनमा अन्तराष्ट्रिय मानव अधिकार दिवस हो, महिला हिंसा विरुद्धको हिंसा भनेको मानव अधिकारको एक प्रमुख मुद्दा हो , यि दुइ दिनको विचको अविभेद्यय सम्वन्ध छ भन्ने विषयको सांकेतीक प्रतिकको रुपमा यि १६ दिनमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा मनाइने गरेको पाईन्छ ।

विभीन्न दिवसहरुको आफ्नै महत्व

यि १६ दिन भित्र विभिन्न दिवसहरु पर्दछन् डिसेम्वर १ विश्व एड्स दिवस , डिसेम्वर ३ मा अन्तराष्ट्रिय अपाङ्ग दिवस ,डिसेम्वर ६ को दिनमा क्यानाडाको मोन्टिूयल नरसंहारको वार्षिकी , १० डिसेम्वरको दिनमा अन्तराष्ट्रिय मानव दिवस जस्ता महत्वपुर्ण दिनहरु परेका छन् ।

सन् १९६० को नेभेम्वर २५ का दिन डोमिनिकन ३ सहासिक दिदी वहिनीहरु तत्कालिन तानासाह सरकारको विरुद्धमा शसक्त आन्दोलन गरेका थिए । यि ३ दिदी वहिनीहरुले निक्कै यातना जेल नेल भोग्नु परेको थियो साथै २५ नोभेम्वर १९६० का दिन तानाशाह सरकारले हत्या गरेका थिए ।

त्यसैगरि १९८९ डिसेम्वर ६ का दिन मोन्टोल विश्वविद्यालयमा क्यानाडाका एक युवकले १४ जना छात्राहरुको सामुहिक हत्या गरेका थिए । यसै घटनाको सम्झना गर्दै क्यानाडाका केहि उत्साहित युवाहरुको प्रयत्नमा सन् १९९१ मा सेतो रिवन अभियानको शुरुवाट गरिएको थियो ।

महिला हिंसाको विरुद्धमा पुरुषहरुले सेतो रिवनको अंग्रेजी अक्षर भी V- (Voilence) को उल्टो वनाउँदा वन्ने आकारमा लगाइने अर्थात पुरुषवर्गको प्रतिवद्धता म हिंसा गर्दिन, म हिंसा सहन्न , र देखेमा प्रतिकार गर्छु भन्ने प्रतिवद्धता हो ,त्यसैले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानमा पनि सेतो रिवन अभियानको रुपमा १६ दिन सम्मै लगाउने चलन पनि प्रख्यात छ ।

१९७९ मा वनेको महिला विरुद्ध हुने सवै प्रकारको भेदभाव उन्मुलन सम्वन्धि अन्तराष्ट्रिय महासन्धि र वेजिङ्ग सम्मेलनको १२ सरोकार र अन्य महिला पक्षधर भएकोले नेपाल सरकार, गैसस, अन्तराष्ट्रिय दातृ निकाय , महिला मानव अधिकारकर्मी आदिले महिला हिंसा विरुद्ध र महिला सशक्तिकरण सम्वन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

महिला हिंसा विरुद्ध ऐन कानुन ,घरेलु हिंसा ऐन नियमावली वनेर प्रयोगमा आइसकेका छन् । सन् २०१० लाई लैंगिक हिंसा विरुद्धको वर्ष मनाए पश्चात लैंगिक हिंसा सम्वन्धि १ वर्षे कार्ययोजना वनेर कायान्वयन तथा सो कार्ययोजनालाई निरन्तरता दिन
कुनै बर्ष ५ वर्षे योजना वनेको छ ।

हिंसा विरुद्धको अभियानलाई प्रदेश ३ सरकारको साथ

सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ महिला बालवालिका, अपाङ्गता, ज्येष्ठ नागरिक व्यक्तिहरुको क्षेत्रमा बजेट विनियोजन गरिएको छ भने १६ दिने अन्तराष्ट्रिय अभियानलाई सफल पार्न प्रदेश स्तरीय पुर्व तयारी बैठक बसी मुख्य मुख्य नाकामा प्रचार प्रसारको लागी ५ स्थानमा ब्यानर राखिएको छ ।

प्रदेश सभा सदस्युहरुलाई लै‌गिक सवालमा गोष्ठी, स्थानीय तहका जनप्रतिनितीहरु र सामाजिक विकास हेर्ने कर्मचारीहरुलाई सामाजिक विकास अभिमुखिकरण र स्थानीय तहका जनप्रतिनितीहरु र सामाजिक विकास हेर्ने कर्मचारीहरुलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी गोष्ठी संचालन गरिने भएको छ । सामाजिक बिकास मन्त्रालय, सामाजिक विकास महाशाखावाट संचालन गरिने कार्यक्रमले सामाजिक विकास ,लैंगिक सशक्तिकरण तथा लै‌गिक हिंसा अन्त्यका लागि सम्पादन हुने कार्यक्रमहरु नै हुन ।

यो वर्षको नारालाई सफल पार्न कहिं,कोहि पनि बलात्कार नहोस , बलात्कार भएको भनेर समाचारहरुमा सुन्न नपरोस यदि भई हालेमा पिडकलाई सजायँ दिलाउँ । जनपत्रकार लेखक प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयका आठौ तहका महिला विकास अधिकृत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*