पोखराका वडाअध्यक्षको घरमा सोमबार बिहानै बम बिस्फोट,

पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिस्फोट भएको छ ।
बम बिस्फोटबाट बिरौटा स्थित उनको घरमा पार्किङ गरिरहेको अवस्थामा राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ । घटना बिहान २ बजेर १५ मा भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको शाहले जानकारी दिए ।