मकवानपुरको हाँडीखोलामा विप्लप नेतृत्वको पार्टीको राँके जुलुस

जनपत्र
८ मंसिर २०७६, आईतवार ०९:२२

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको हाँडिखोलामा विप्लप नेतत्वको नेपाल कम्युनिष्ट पाटीले गएराती राँके जुलुस निकालेको छ । जिल्लाभरका विप्लपका नेता तथा कार्यकर्ता सवै जम्मा भएर गएराती राँके जुलुस निकालेका हुन् ।

पाटी पुनरगठन दिवसका अवसरमा अहिलेको सरकारका विरुद्धमा चर्का नारा लगाउँदै जुलुस गरिएको विप्लप नेकपा मकवानपुरका नेता टुंगनाथले जानकारी दिनुभयो । सरकारको प्रतिवन्दको विचमा पनि विप्लप नेतृत्वको माओबादीले जुलुस निकालेको हो ।

जुलुसका क्रममा अहिले भईरहेका कालावजारी, भ्रष्टाचारका विरुद्धमा चर्का नारा लगाइएको थियो । हाँडीखोलामा विप्लप नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज जमिन, जिल्ला सेक्रेटरी पासाङ लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*