आफ्नो कुखुराको हत्या गरेको भन्दै छिमेकीविरुद्ध मुद्दा दर्ता

जनपत्र
७ मंसिर २०७६, शनिबार ०६:५३

आफ्नो छिमेकीले कुखुराको हत्या गरेको भन्दै भारतको विहारमा मुद्दा दर्ता भएको छ । दुर्गावती थाना क्षेत्रको तिरोजपुर गाउँ निवासी कमलादेवीको छिमेकीसँग कुनै अन्य विषयमा विवाद भएको थियो । दुई दिनदेखि विवाद चलिरहेपछि रिसै रिसमा कमलादेवीको एउटा कुखुरालाई उनको छिमेकीले समातेर मारिदिए ।

त्यसपछि कमलादेवी प्रहरी चौकीमा उजुरी गर्न पुगिन । उनले आफ्नो छोराको पनि कुटपिट भएको जाहेरी दिएकी छन् ।प्रहरीले दुवै पक्षलाई मिलाउने कोशिस गरिरहेको थानाका इन्चार्जले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएका छन् । दुवै पक्ष नमिलेपछि प्रहरीले मुद्दालाई अदालत लैजाने तयारी गरिरहेको छ । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*