अनिल कपुरका छोराबारे तापसीको यस्तो बयान

जनपत्र
७ मंसिर २०७६, शनिबार ०६:२६

बलिउड अभिनेत्री अभिनेत्री तापसी पन्नू अभिनय सँगसँगै आफ्नो बयानका कारण पनि चर्चामा रहने गर्दछिन् । हालैमा उनी बलिउड अभिनेत्री नेहा धूपियाले सञ्चालन गर्दै आएको टिभी शो ‘नो फिल्टर नेहा’ मा अतिथीको रुपमा पुगेकी थिइन् । त्यहाँ उनले बलिउड अभिनेता अनिल कपुरका छोरा हर्षवर्धनलाई लिएर एक बयान दिएकी छन् । जसले यतिबेला बलिउड तताएको छ ।

तापसीलाई लाग्छ पहिलो फिल्म फ्लप भएर पनि हर्षवर्धनले दोस्रो फिल्म पाउनुको कारण पिता अनिल कपूर हुन् । उनी भन्छिन्, ‘पहिलो फिल्म असफल भएपछि दोस्रो फिल्म पाउन मुश्किल हुन्छ । हर्षवर्धनको डेब्यू फिल्म चलेको थिएन । यदी म उसको ठाउँमा हुन्थेँ भने दोस्रो चान्स पाउँदिन थिएँ ।’ हर्षवर्धनले राकेश ओमप्रकाश मेहराको फिल्म ‘मिर्ज्या’ बाट डेब्यू गरेका थिए ।

उनको डेब्यू फिल्म बक्सअफिसमा डिजास्टर साबित भएको थियो । यसपछि उनले विक्रमादित्य मोटवानेको फिल्म ‘भावेश जोशी’ मा काम गरे । यसले पनि आफ्नो जादू देखाउन सकेन । अब, उनी अभिनव बिन्द्राको बायोपिकमा लिड रोल निभाउँदैछन् । जसलाई कनन अय्यरले निर्देशन गरेका छन् । पिता अनिल कपूरका कारण हर्षवर्धनले फिल्म पाइरहेको तापसीको दाबी छ ।

जब नेहाले तापसीसँग सोधिन् कि उनको नजरमा यस्तो को छ, जसलाई स्टाइलिसको आवश्यकता छ रु उनले एकछिन पनि नसोचि जवाफ फर्काइन् । उनले अभिनेत्री उर्वशी रौतेलाको नाम लिँदै भनिन्, ‘मलाई लाग्छ कि उनको निकै राम्रो बडी छ । म उनलाई राम्रो कपडामा देख्न मन पराउँछु न कि अंग प्रदर्शन गर्ने कपडामा ।’ तापसी अभिनीत पछिल्लो रिलिज फिल्म ‘सांड की आंख’ हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*