‘सरौतो’ मा सुमीको चुनौतीपूर्ण भूमिका

जनपत्र
१ मंसिर २०७६, आईतवार ०६:३६

मंसिर १३ गतेबाट प्रदर्शन हुन लागेको हरि हुमागाईं निर्देशित फिल्म ‘सरौतो’ मा अभिनेत्री सुमी मोक्तान केन्द्रिय भूमिकामा छिन् । फिल्मको मूलकथा नै उनको वरिपरि घुमेको छ । फिल्ममा उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलरमा उनको एक्सनको निकै तारिफ भएको छ । धेरैले उनलाई एक्सनमा सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरेका छन् ।

तर, फिल्ममा उनले संवाद बोलेकी छैनन् । ‘सरौतो’ मा उनले बोल्न नसक्ने अपाङ्गता भएकी युवतीको भूमिका निभाएकी छन् । सानैमा कसैले घाँटीमा चक्कु प्रहार गरेपछि उनको बोली गुम्छ । र, पिता ९विजय लामा० को पनि हत्या हुन्छ । ठूलो भएपछि सुमीले त्यसको बदला कसरी लिन्छिन् भन्ने कथामा फिल्म आधारित छ । ट्रेलरबाट पनि फिल्मको कथा प्रस्ट्याउन खोजिएको छ ।

अभिनेत्री सुमीले यसअघि केही फिल्ममा केमियो रोल गरेपनि लिड रोलमा अभिनय गर्न पाएकी थिइनन् । सोलो अभिनेत्रीको रुपमा उनले अभिनय गरेको ‘सरौतो’ पहिलो फिल्म हो । तर, डेब्यू फिल्ममा नै उनले चुनौतीपूर्ण भूमिका निभाएकी छन् । उनले यो फिल्ममा हातको इशारा र शारीरिक हाउभाउको माध्यमबाट संवाद बोलेकी छन् । अर्थात्, सांकेतिक भाषामा ।

फिल्ममा निभाएको चरित्रलाई जीवन्तता दिन उनले लामो समय एक्सन र सांकेतिक भाषा सिकेको बताइएको छ । अब, उनले फिल्मका लागि गरेको मेहेनत पर्दामा कति देखिएको छ रु त्यसका लागि अझै दुई हप्ता प्रतिक्षा गर्नुपर्ने हुन्छ । फिल्ममा सुमीका अलावा सन्नी सिंह, विजय लामा, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्कीलगायतको अभिनय छ ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ । उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको फिल्ममा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ । यो फिल्मपछि करिअर फर्किएर हेर्नु नपर्नेमा सुमी आशावादी छिन् ।
फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*