भ्वाइस अफ नेपालबाट बाहिरिइन् रजनी ऋदम राई

जनपत्र
३० कार्तिक २०७६, शनिबार ०६:५६

वाइस अफ नेपालबाट पोखराकी रजनी ऋदम राइ बाहिरिएकी छिन् । बिहीबारको एसिसोडबाट उनी १२ प्रतिस्पर्धीमध्ये दर्शकबाट सबैभन्दा कम भोट पाएर बाहिरिएकी हुन् ।

छोरीको लागि भ्वाइस अफ नेपालमा आएर गीत गाएको बताउने उनले यो सोबाट आफूले छोरीलाई गीत सुनाउन पाएकोमा खुसी लागेको बताइन् । प्रतियोगिताबाट राम लिम्बु, बिकाश लिम्बु, सनिश श्रेष्ठ, अञ्जु राना मगर, गीता शर्मा, याङ्की योल्मो, बलबहादुर राजवंशी, सञ्जय महत, मेचु धिमाल, शशिका राई र आरिफ राउफ अन्तिम ११ मा पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*