सरकारबाट निर्वाचन आचार संहिता उल्लंघन भयो : कांग्रेस

पाली कांग्रेसले उपनिर्वाचनका लागि निर्वाचन आयोगले ८ कर्तिकमा लागि लागू गरेको निर्वाचन आचारसंहिताको सरकार पक्षले नै उल्लंघन गरिरहेको भन्दै आयोगको ध्यानाकर्षण गराएको छ। कांग्रेस नेता रमेश लेखकको नेतृत्वमा रहेको कांग्रेसको निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वाचन आयोग पुगेर सरकार पक्षबाटै आचार संहिताको उल्लंघन भइरहेको भन्दै ध्यनाकर्षण गराएको हो।
समितिले १४ मंसिरमा हुने उपनिर्वाचनका लगि जारी गरिएको आचारसंहिताको पूर्ण पालना गराउने तर्फ आयोगलाई जिम्मेवार बन्न समेत आग्रह गरेको छ। समितिका संयोजक लेखकले सरकार पक्षबाटै आचार संहिताको उल्लंघन भइरहेको र आयोगले समेत स्वतन्त्र रुपमा निगरानी गर्न नसकेको भन्दै सबै पक्षलाई आचार संहिताको पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको बलियो भूमिका आवश्यक रहेको बताए।