अफ्रिकाको एक महिलामाथि बच्चा जन्माउन प्रतिबन्ध, डाक्टरले काटिदिए युटेरस

अफ्रिकामा सबैभन्दा बढी फर्टाइल भनिएर चिनिएकी एक महिलामाथि अब बच्चा जन्माउन प्रतिबन्ध लगाइएको छ । पूर्वी अफ्रिकी देश युगान्डाकी मरियम नाबटेन्जीले अत्यन्त धेरै बच्चा जन्माएपछि यो प्रतिबन्ध लगाइएको हो । उनले ३९ वर्षको उमेरमा नै ४४ बच्चालाई जन्म दिएकी छिन् ।
बेलायती पत्रिका द सनका अनुसार अब मरियमलाई अन्य बच्चा जन्माउन दिइने छैन । मरियमको गर्भाशय डाक्टरहरुले काटिदिइसकेका छन् । मरियम १२ वर्षमा नै विवाह गरेकी युवती हुन् । उनले विवाह गरेको एक वर्षमा नै जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन् । त्यसपछि उनले पाँच पटकसम्म जुम्ल्याहा बच्चा जन्माइन् । चार पटक तीन बच्चा जन्माइन् । र, पाँच पटक चार चार बच्चालाई एकैपटकमा जन्माइन् । उनको युटेरस अत्यन्त ठूलो भएकाले यस्तो भएको चिकित्सकहरुले बताएका छन् ।
तीन वर्ष पहिले नै उनका पतिले उनलाई छोडिसकेका छन् । त्यसपछि उनले आफ्ना जीवित ३८ बच्चासँगै बसिरहेकी छिन् । द सनका अनुसार उनले सानातिना काम गरेर नै ३८ बच्चालाई हुर्काइरहेकी छिन् । युगान्डामा एक महिलाले औसत रुपमा ५ बच्चा जन्माउँछन् । तर, मरियमको यो फर्टिलिटी जेनेटिक कारण हुनसक्ने त्यहाँका चिकित्सकले बताएका छन् । एजेन्सीको सहयोगमा