सर्प र मुसाको लडाइँ, सय गाउँको बिजुली बन्द !

जनपत्र
२९ कार्तिक २०७६, शुक्रबार ०६:५१

सर्प र मुुसाको लडाइँका कारण रहिमाबादका एक सय गाउँको विद्युत् सेवा अवरुद्ध भएको छ । भारतको रहिमाबाद उपकेन्द्रको फिडरमा मंगलबार राति एउटा सर्प र मुसा घुसेका थिए । त्यसपछि उनीहरुको त्यहाँ लडाइँ सुरु भयो । यसले गर्दा त्यहाँका ग्रामिण क्षेत्रमा २० घन्टासम्म विद्युत् अवरुद्ध भयो ।

खासमा त्यहाँ त्यति बेला कर्मचारी पनि थिए । तर, जब मुसा र सर्प लड्न थाले, उनीहरु सबै डराएर भाग्न थाले । हुन पनि त्यहाँबाट एकदम ठूलो आवाज आएको भारतीय मिडिया हिन्दुस्तान टाइम्समा त्यहाँका कर्मचारीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*