जब बीच सडकमा अचानक तैरिए माछा

जनपत्र
२८ कार्तिक २०७६, बिहीबार ०६:३०

भारतको कानपुरमा एउटा सडकमा अचानक माछाहरु छटपटाइरहेको देखिए । अहिले सामाजिक सन्जालमा यो भिडियो निकै सेयर भइरहेको छ । भिडियोमा त्यहाँ बीच सडकमा माछाहरु पल्टिइरहेको देखिएको छ । केही माछा छटपटाइरहेका छन् । अनि मान्छेहरु ती माछा टिप्ने कोशिस गरिरहेका छन् ।

यो खासमा एउटा माछा बोकेर गुडिरहेको ट्रक पल्टिएपछि भएको हो । ट्रक पल्टिएपछि त्यसमा भएका माछाहरु पूरै सडकमा पोखिएका हुन् । यो घटनापछि त्यो बाटो लामो समयसम्म जाम भएको थियो । किनकि बाटोमा अचानक माछा देखेपछि मानिसहरुले त्यहाँ माछा बटुल्न मात्र लागेनन्, त्योसँगै सेल्फी र भिडियो पनि खिच्न थाले । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*