नायिका शिल्पालाई पक्राउ गर्ने बाटो खुल्यो

जनपत्र
२७ कार्तिक २०७६, बुधबार ०६:३८

सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ । चलचित्र निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहमा दिएको जाहेरीका आाधार शिल्पालाई प्रहरीबाट पक्राउ पूर्जी जारी भएपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

बहुविवाह मुद्दाको विषयमा आफूलाई पक्राउ पुर्जी जारी गर्ने कार्य कानुन बमोजिम नरहेको दाबी शिल्पाको रिटमा थियो । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो ।
रिट खारेजीपछि शिल्पालाई छविसँगको बहुविवाह प्रकरणमा पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुलेको छ । जिल्ला र उच्च अदालतले पक्राउका लागि प्रहरीलाई अनुमती दिएपछि त्यसविरुद्ध शिल्पाले सर्वोच्चमा रिट दिएकी थिइन् ।

आफूलाई पक्राउ गरे अपुरणीय क्षति हुने भन्दै रोक्न उनको माग थियो । शिल्पा छविकी कान्छी पत्नी हुन् । रिट खारेज भए पनि आदेश आउन भने बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*