आँचल भन्छिन्, ‘बिहे यो वर्ष नकट्ला’
मंसिर आउन अब एक हप्ता मात्र बाँकी छ । मंसिर महिनालाई विवाहको खास महिना मानिन्छ । अविवाहित केही नेपाली सेलिब्रेटीहरु यस वर्षको मंसिरमा घरजम बसाउने तयारीमा छन् । सबै सोचेअनुसार भए अभिनेत्री आँचल शर्मा पनि यो मंसिर कटाउने सुरमा छैनन् । गएको एक वर्षदेखि डा। उदिप श्रेष्ठको प्रेममा छिन्, उनी । केही दिन अगाडि मात्र दुईको पहिलो पटक भेट भएको एक वर्ष पुगेको थियो ।
एक वर्षसम्म जसोतसो प्रेम सम्बन्ध लुकाएर राखेकी अभिनेत्री आँचल आजभोली भने खुल्न थालेकी छन् । उनले डाक्टर प्रेमीको तारिफ गरेर नथाकेका अन्तर्वार्ताहरु अहिले युट्युबमा छ्यापछ्याप्ती भेटिन्छन् । जहाँ उनले प्रेमीसँगको पहिलो भेटदेखि प्रेमीको आनीबानीसम्म सबै खुलाएकी छन् । साथै, उनले विवाहबारे पनि जानकारी दिएकी छन् । उनका अनुसार, यसै वर्ष विवाहको तयारी भइरहेको छ ।







