वर्षेनी छोरीको कुमारित्व परीक्षण गराउँछन् यी गायक

जनपत्र
२५ कार्तिक २०७६, सोमबार ०६:०३

आमरुपमा कुनैपनि बुवा आफ्ना छोराछोरीसँग यौनका विषयमा कुराकानी गर्न हिच्किचाउँछन् । तर एकजना अमेरिकी गायक चाहीँ हरेक वर्ष आफ्नी छोरीको भर्जिनिटी परीक्षण गराउँछन् । लेडिज लाइक अस नामक पोडकास्टलाई दिएको एक अन्तर्वार्ताका क्रममा उनले यस्तो हैरान लाग्ने तथ्यको खुलासा गरेका हुन् । छोरीको कुमारित्व परीक्षण मात्र होइन उनले आफ्ना छोराको बारेमा पनि एउटा यस्तै अनौठो तथ्यको खुलासा गरेका छन् ।

अमेरिकी र्यापर तथा अभिनेता ३९ वर्षीय य टिआईलाई अन्तर्वार्ताका क्रममा सोधियो : के तपाइँ आफ्नी छोरीहरुसँग कहिल्यै यौनका विषयमा कुरा गर्नुहुन्छ ? जवाफमा उनले सोँच्नै नसकिने कुरा गरे । आफुले छोरीसँग केवल यौनको कुरामात्र गर्ने नभई हरेक वर्ष छोरीको कुमारित्व परीक्षण समेत गराउनका लागि स्त्री रोग विशेषज्ञकोमा लैजाने गरेको खुलासा उनले गरे ।टिआईकी ठूली छोरी डिजेह ह्यारिस १८ वर्षकी छिन् र कलेजमा पढ्दैछिन् । छोरीको १६ औँ वर्ष प्रवेशको दिन उनले छोरी सुत्ने कोठाको ढोकामा एउटा नोट टाँसिदिए । त्यसमा लेखिएको थियो ः साढे ९ बजे स्त्री रोग विशेषज्ञकेमा जानुछ ।

उनले छोरीलाई लिएर गाइनोकोलोजिस्टकोमा लगे । डाक्टरले टिआई र उनकी छोरीलाई सँगै राखेर कुमारित्वको बारेमा बताए । डाक्टरका अनुसार यौन सम्पर्कका अलावा अन्य विभिन्न कारणले पनि योनीको जाली च्यातिन सक्दछ । साइकल चलाउने, घोडा चढ्ने, कडा व्यायाम गर्ने जस्ता कुनैपनि काम छोरीले नगर्ने हुनाले छोरीको कुमारित्व परीक्षण गरिदिन उनले डाक्टरलाई आग्रह गरे । त्यसपछि डाक्टरले परीक्षण गर्दा उनको योनीको झिल्ली नच्यातिएको पाइयो । त्यसयता हरेक वर्ष जन्मदिनको दिन उनले छोरीको त्यसैगरी कुमारित्व परीक्षण गर्दै आएका छन् ।

अहिले यो कुरा निकै असहज लाग्ने भएतापनि छोरीले पछि भविष्यमा आफ्नो जिवनलाई फर्केर हेर्दा आफुलाई धन्यवाद दिनेछिन् भन्ने ती गायकलाई लागेको छ । किनकी आफ्नो बारेमा बुवाले कति धेरै ध्यान दिनुहुन्थ्यो भन्ने कुराको अनुभुति छोरीलाई हुनेछ । तर अन्तर्वाताका क्रममा टिआईमाथि कार्यक्रम सञ्चालकले निकै आलोचना गरे । छोरीमाथि अन्याय गरेको र कैदी जस्तो बनाएको आरोप लगाए । साथै अन्य पिताहरुका लागि गलत उदाहरण पेश गरेको समेत भने ।

तर टिआई त्यस्तो आरोपलाई स्विकार गर्नेवाला छैनन् । उनले छोरीको भर्जिनिटी परीक्षण मात्र होइन छोराका बारेमा एउटा खुलासा गरे, यौन सम्बन्धी । आफ्नो छोरा अहिले १५ वर्षको रहेको र यौनकार्यको अनुभव हासिल गरिसकेको उनले बताए । छोरीको वर्षेनी भर्जिनिटी परीक्षण गराउने ती गायक छोराको कम उमेरमै यौनक्रिडाका बारेमा भने खुसी छन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*