‘घामड शेरे’ हेरेपछि सेलिब्रेटीले भने, ‘खोट दिने ठाउँ छैन’

शुक्रबारबाट हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ प्रदर्शनमा आएको छ । रिलिजपूर्ण फिल्मको नामलाई कांग्रेस नेता शेरबहादुरसँग जोडेर विभिन्न खाले ट्रोल बनेपछि विवादमा आएको यो फिल्ममा अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । उनीहरुले फिल्ममा साली र भेनाको भूमिका निभाएका छन् । निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् ।
फिल्मको मूलकथा अभिनेता निश्चलले निर्वाहा गरेको ‘शेरे’ पात्रको वरिपरि घुमेको छ, जो विदेशमा कमाएको पैसा गाउँमा खेत किनेर तरकारी खेती गर्ने सपना पालेर स्वदेश फर्किन्छ । तर, विदेशमा दुःख गरेर कमाएको पैसाले किनेको खेत खोलाले बगाएपछि उसले खोला नै मुद्धा हाल्छ । के उसले न्याय पाउँला रु २ घण्टा १५ मिनेट लम्बाईको फिल्मले यसको जवाफ दिँदै विट मारेको छ ।
रिलिजको पूर्वसन्ध्या ‘बिहीबार’ मा भक्तपूरको राधेराधेमा रहेको भाटभटेनीमा सञ्चालनमा आएको क्यूएफएक्स च्यानलको नयाँ शाखामा फिल्मको प्रिमियर आयोजना गरिएको थियो । जहाँ फिल्मकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । फिल्म हेरेपछि अधिकांशले कथावस्तु, कलाकारको अभिनय र निर्देशक विसीको निर्देशकिय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे ।