आफ्नै शब्द, संगीतमा गीत ल्याउने तयारीमा बुद्ध लामा

जनपत्र
२३ कार्तिक २०७६, शनिबार १७:११

पहिलो नेपाल आइडल बन्न सफल बुद्ध लामा अहिले आफ्नै शब्द संगीतमा नयाँ गीत दर्शकलाई पस्कने तयारी गरिरहेको बताएका छन् । दर्शकको अपार मायाका कारण आफू नेपाल आइडल विजयी हुन सफल भएकोले दर्शकहरुका लागि गीत ल्याउने तयारी गरिरहेका हुन् ।

उनी भन्छन् ‘नेपाल आइडल बनाउन दर्शकले जुन माया देखाउनुभयो त्यो माया निरन्तर जारी छ । उहाँहरुको माया पाउनु नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो ।’ आफूले गाएका गीतहरु दर्शकले रुचाइरहेकोले हौसला बढेको बताए । अझै राम्रा गीतहरु गाएर दर्शकलाई खुशी बनाउनको लागि मेहिनेत गरिरहेको लामा बताउँछन् । उनले भने ‘दर्शकले जुन अपेक्षाले मलाई भोट गर्नुभयो त्यो अपेक्षा मर्न नदिन हरसम्भव प्रयास गरिरहेको छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*