प्रेमीलाई सुटकेसभित्र हालेर जेलबाट भगाउन खोज्दा युवती पक्राउ!

जनपत्र
२३ कार्तिक २०७६, शनिबार १७:०९

कार चोरीको अभियोगमा पक्राउ परेका एक युवकलाई उनकी प्रेमिकाले सुटकेसभित्र हालेर जेलबाट निकाल्ने प्रयास गरिन्। तर उक्त प्रयास सफल हुन सकेन। भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वर्षिया प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास असफल भएको हो।

कार चोरीको आरोपमा पक्राउ परेका इब्राहिमलाई सन् २०१७ मा ९ वर्षको जेल सजाय सुनाइएको छ। प्रेमी भेट्ने बहानामा गुलाबी रंगको सुटकेस लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन्। तर आधा घन्टापछि जेलबाट निस्कदा सुटकेस भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्यो। त्यो देखेपछि एक सुरक्षा गार्डले शंका लागेर सुटकेस खोल्न लगाए।

त्यसपछि यस विषय बाहिरिएको हो। घटनाको फोटोहरु सार्वजनिक भएका छन्। जहा अभियुक्त इब्राहिम सुटकेसमा सुतेर बसेको देख्न सकिन्छ। एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*