अब युएई जान पैसा नलाग्ने, नेपाली कामदारले पाउनेछन् यस्ता सुविधा

जनपत्र
१९ कार्तिक २०७६, मंगलवार ०६:५२

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स ‘युएई’ जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी ‘एमओयू’ लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो ।

त्यहाँ जाँदा लाग्ने सबै खर्च अब रोजगारदाता आफैंले ब्यहोर्ने छ । युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको छ । ६ महिनाअघि दुई देशबीच भएको समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएईको मानव संशाधन मन्त्रालयका अधिकारीहरुले छलफल गरेका थिए । यस्तो सहमति नेपालले २०७५ को कात्तिक १२ मा पहिलोपटक मलेसियासँग गरेको थियो ।

सहमतिका मुख्य बुँदा

-कामदारको सम्पूर्ण खर्च रोजगारदाताले ब्यहोर्ने

-म्यानपावरको सेवा, शुल्क रोजगारदातासँगको सहमति अनुसार हुने

-हवाई टिकट रोजगारदाताले दिने

-कानुनी उपचारको क्रममा हुने खर्च रोजगारदाताले ब्यहोर्ने

-कानुनी प्रक्रियामा रहँदा श्रमिकले नियमित पारिश्रमिक पाउने

-रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार भए अर्को रोजगारी खोज्न सक्ने

-कामदारलाई ज्याला, ओभरटाइम, भत्ता, न्यायमा पहुँचजस्ता सुविधामा विभेद गर्न नपाइने

-कामदारले पाउने सेवा सुविधा तत्काल भुक्तानी गर्नुपर्ने

नागरिक दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*