‘जब बच्चाको आवश्यकता महसुस हुन्छ अनि मात्र बिहे गर्छु’

अभिनेत्री तापसी पन्नुले अहिले सम्म आफूलाई अभिनेत्रीको ठाउँमा राखिनसकेको बताएकी छिन् । पिंक, मुल्क, जुवाडालगायत फिल्मबाट चर्चाम आएकी पन्नु आउटसाइडर सिन्ड्रोमबाट पीडित छिन् । ‘मलाई आउटसाइडर सिन्ड्रोमको बिरामी छ । यो मेरो जीवनभरि रहन्छ,’ बिबिसिसँगको संवादमा उनले भनेकी छिन्, ‘पहिले काम गर्न मुस्किल लाग्थ्यो, अहिले सफलताका कारण सजिलो छ, तर मेरो कोही गडफादर छैन ।’ तापसी भन्छिन्, ‘यस्तो कोही प्रोड्युसर वा अभिनेता छैन जसले फिल्म फ्लप हुँदा नि काम दिन्छ ।’
तापसी ब्याडमिन्टन खेलकी टिम लिडर पनि हुन्, तर यो क्षेत्रबाट पनि केही समयमा रिटर्न हुने सोच उनले बनाएकी छिन् । अहिलेसम्म कुनै बलिउड अभिनेतासँग नाम नजोडिएकी तापसी अफेयरका कारण चर्चामा आउनु दुःखको कुरा हुने बताउँछिन् । बिहेबारे तापसीले भनेकी छिन्, ‘जब मलाई बच्चाको आवश्यकता महसुस हुन्छ, त्यसपछि मात्र गर्छु ।’ बिहेको आवश्यकता बच्चा जन्माउनुबाहेक अन्य नरहेको तापसीको बुझाइ छ । अमिताभ बच्चनलगायत धेरै स्टारसँग फिल्म खेलिसकेकी पन्नु अमिताभ बचनसँग जति फिल्म खेले पनि आफू नअघाउने बताउँछिन् ।