तीन बच्चाकी आमाले मरेका प्रेमीको तस्वीरसँग विवाह गर्ने !

अचम्म लागेन रु यो शीर्षकले नै जो सुकैलाई अचम्ममा पारिदिने खालको छ । हो, तीन बच्चाकी एक आमाले मरेका आफ्ना प्रेमीको तस्वीरसँग विवाह गर्ने निर्णय गरेकी छिन् । उनले यो आफ्नो इच्छाका कारण गर्न लागेको बताएकी छिन् । भारतको अतरौली भन्ने ठाउँको यो घटनामा ती महिलाको १५ वर्ष पहिले विवाह भएको थियो । उनका तीन बच्चा पनि छन् । तर, उनको विवाहपछि त्यही ठाउँमा बस्ने एक मोबाइल रिपेयरिङ गर्ने युवासँग प्रेम भयो ।
यी दुईले खासमा विवाह गर्ने बताएका थिए । तर, ती युवाको एक बिमारीका कारण मृत्यु भएको थियो । भारतीय मिडिया हिन्दुस्तान लाइभमा प्रकाशित भएको समाचारअनुसार यी महिलाका पतिको पनि मृत्यु भइसकेको छ । खासमा उनका प्रेमीसँग विवाहबारे सल्लाह भएको थियो । तर, विवाह गर्नुभन्दा केही महिना पहिलेमात्र ती युवाले आत्महत्या गरेका थिए ।
अब यी महिलाले आफूले प्रेमीसँग खाएको कसम पूरा गर्ने भन्दै उनको तस्वीरसँग विवाह गर्न लागेकी हुन् । उनले यसका लागि आफन्तहरुलाई पनि बोलाएकी छिन् । उनले धुमधामले विवाह गर्ने योजना पनि बनाएकी छिन् । यी महिलाले विवाहको मिति पनि तोकिसकेकी छिन् । उनले ८ नोभेम्बरमा विवाह गर्ने बताएकी छिन् । यसका लागि उनले घरनजिकैको शिव मन्दिर पनिमा स्थान पनि बुक गरेकी छिन् ।
उनले यो विवाहको विरोधमा आउनेहरुलाई कानुनी रुपमा सजाय दिने पनि बताएकी छिन् । यही कारणले उनका आफन्त र छरछिमेक उनको विवाहको विषयमा बोल्न डराइरहेका छन् । एजेन्सीको सहयोगमा