आमा बन्दैछिन् दीपिका ?

जनपत्र
१९ कार्तिक २०७६, मंगलवार ०६:३९

रणबीर सिंहसँग विवाह गरेकी बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने खबर अलिक पहिले पनि चलेको थियो । तर, यसपटक उनले इन्स्टाग्राममा आफ्नो बाल्यकालको तस्वीर राखेकी छिन् । जसले उनका प्रशंसकलाई उनी आमा बन्न लागेको अड्कलबाजी गर्न सहयोग गरेको छ ।

दीपिकाले आफ्नो बाल्यकालका तस्वीर सेयर गरेपछि उनका प्रशंसकले सामाजिक सन्जालमा उनी पनि अब आमा बन्न लागेको अनुमान गरेका छन् । तर, यसबारे दीपिका वा रणबीर दुवैले कुनै जवाफ दिएका छैनन् । बरु सामाजिक सन्जला इन्स्टाग्राममा उनका फलोअर्सले उनलाई आमा बन्न लागेको हो भनेर सोधेका छन् । कतिले त बधाइ पनि दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*