हेटौंडाका ओम बाबा’ लाई जिल्ला अदालत मकवानपुरले दियो सफाई

जनपत्र
१८ कार्तिक २०७६, सोमबार ०५:४६

हेटौँडा । हेटौँडाका ओम बाबा भनेर चिनिने ओमप्रकाश श्रेष्ठलाई जिल्ला अदालत मकवानपुरले सफाई दिएको छ । श्रेष्ठमाथि दर्ता भएको ‘इलाजसम्बन्धी कसुर’ मुद्धामा आइतबार अदालतले सफाई दिएको अधिवक्ता अमृतकुमार लामाले जानकारी दिए ।

न्यायाधिश सिता अधिकारी शर्माको एकल इजलासले मुद्धाको अन्तिम किनारा लगाउँदै उनलाई आइतबार सफाई दिएको छ । अधिवक्ता अमृतकुमार लामा, अधिवक्ता कृष्ण अर्याल र अधिवक्ता डम्बर केसीसहितको बहसपछि अदालतले उनलाई सफाई दिएको हो ।

एक बर्ष अघि बाबाको आश्रममा उपचारका क्रममा हेटौंडा–११ नवलपुरकी ४१ वर्षीया साबित्री पुडासैनीको मृत्यु भएको भन्दै उनका श्रीमान काशीराम पुडासैनीले हेटौडा–१४ मा सत्य ओम बाबा आरोग्य आश्रमका श्रेष्ठ बिरुद्ध प्रहरीमा उजुरी दिएका थिए । छोपुवा व्यथा झारफुक बिधिबाट उपचार गराउन आश्रम पुगेकी साबित्रीलाई आश्रममा पिउन दिईएको १० बोतल पानी पिउँदा बेहोस भएको केही समयपछि हेटौँडा अस्पताल लगिएकोमा मृत्यु भएको थियो ।

इलाजसम्बन्धी कसुरमा अदालतमा मुद्धा दर्ता भएकोमा श्रेष्ठलाई धरौटीमा छोडिएको थियो । ओमबालाई अदालतले सफाई दिएपछि उनका भक्तजनले खुशियाली समेत मनाएका छन् । प्रस्टखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*