विश्वमा यस्तो ठाउँ पनि छ, जहाँका महिलाहरु कहिल्यै बृद्ध देखिँदैनन्

मानिसहरु सधैं जवान देखिन चाहन्छन् र त्यसको उपाय पनि खोज्छन् । तर विश्वमा यस्तो ठाउँ पनि छ, जहाँका महिलाहरु कहिल्यै बृद्ध देखिँदैनन् । आफुलाई सिकन्दरको वंशज मान्ने हुन्जा नामक आदिवासी जनजाती महिलाहरु ६०्७० वर्षको उमेरमा पनि जवान र सुन्दर देखिन्छन् । पाकिस्तानको गिलगिट इलाकास्थित हुन्जा उपत्यकामा बस्ने यो जनजाति समुदायका महिलाहरु ६५्७० वर्षको उमेरमा पनि बच्चा जन्माउँदछन् भने यहाँका मानिसहरु विरलै बिरामी पर्दछन् ।
यी जनजातीमा रोगसँग लड्ने क्षमता उच्च हुनुका साथै औषत आयु १ सय वर्षभन्दा धेरै छ । यसको राज उनीहरुको खानपान नै हो । उनीहरु आफ्नो भोजनमा अत्यधिक मात्रामा फलफूल तथा जडिबुटीहरु समावेश गर्दछन् । अन्नपात पनि आफैले उब्जाएको स्वस्थ र ताजा मात्र सेवन गर्दछन् । पानी जम्ने ठण्डीमा पनि चिसो पानीले नै नुहाउँछन् । एजेन्सीको सहयोगमा