सामाजिक सद्भाव कायम राख्न रेष्टुरेन्टमा गीत गाउँछन् यी प्रहरी

प्रहरीहरुको मुख्य उद्देश्य समाजमा सुरक्षा कायम राख्नु हो तर न्युयोर्कको बफेलोमा तैनाथ दुई प्रहरी रेष्टुरेन्टमा गीत गाउँछन् । उनीहरुको उद्देश्य चाँहि सामाजिक सद्भाव कायम राख्नु हो। उनीहरु विभिन्न माध्यमबाट सर्वसाधरणको नजिक हुन चाहन्छन् । गीत गाउँछन्,बच्चासँग खेल्छन् ।
माइकल नारवुड र बेजर एक रेष्टुरेन्टमा प्रोफेशनल गायकले जस्तै गीत गाउँछन् । उनीहरु दुवै प्रहरी कर्मचारी हुन् । यिनीहरुको म्युजिकल जोडीको धेरै अमेरिकी फ्यान छन् । नारवुड भन्छन् ‘मानिसहरु सधैं तपाईंहरु गीत गाउन छोडेर कहिले काम गर्नुहुन्छ भनेर सोध्छन् तर हामीलाई यही काम मन पर्छ ।’
मानिसहरु यी दुई प्रहरीलाई सिंगिंग कप्स भन्छन् । नारवुड र बेजर आफ्नो गीतले समाजलाई एकजुट बनाउने बताउँछन् । दुवैले एक कार्यक्रम कप्स ९सीओपीएसएस० पनि सुरु गरेका छन्, जसबाट उनीहरु प्रहरीको पारम्परिक छवि बाहिर निकाल्न चाहन्छन् । नारवुड र बेजर गीत गाउने मात्रै होइन बच्चासँग पनि बास्केटबलजस्ता खेल खेल्छन् ।
उनीहरु भन्छन् ‘हाम्रो क्रियाकलापले मानिसहरुमा परिवर्तन आएको छ । स्कुल पढ्ने बच्चाहरु पनि प्रहरीलाई राम्रो मान्न थालेका छन् । पहिला उनीहरु प्रहरीसँग डराउँथे, अहिले हाम्रो नजिक आउँछन् । प्रहरीलाई इमान्दार भन्दैनन्, हामी यो धारणा हटाउन चाहन्छौं र सामाजिक सद्भाव कायम गर्न चाहन्छौं ।’