‘बादशाह जुट’ ले राहत देला सुशीललाई ?

आकर्षक शरीर र लोभलाग्दो हाइटका कारण अभिनेता सुशील श्रेष्ठलाई दर्शकमाझ आफूलाई परिचित गराउन समय लागेन । सफल फिल्म ‘होस्टेल’ को दोस्रो श्रृंखलाबाट अभिनयमा डेब्यू गरेका उनको अहिलेसम्म तीन फिल्मले दर्शकसँग साक्षात्कार गरिसकेका छन् । डेब्यू फिल्म ‘होस्टेल रिर्टन्स’ बक्सअफिसमा सफल रह्यो । तर, दोस्रो फिल्म ‘सायद २’ र तेस्रो फिल्म ‘कारखाना’ लाई दर्शकले ‘रेड कार्ड’ देखाए । जसले उनको करिअरमा ठूलो धक्का पुग्यो ।
ब्याक टू ब्याक दुई फिल्मबाट असफलता भोग्दा उनी डिप्रेसनमा समेत गएका थिए । उनी, अब फिल्म नै नगर्ने मनस्थितिमा पनि नपुगेका होइनन् । तर, फिल्ममेकरको नजर उनीबाट हटेको थिएन । केही समय फिल्मबाट ब्रेक लिने सोचमा रहेको बेला उनलाई यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बादशाह जुट’ अफर भएको थियो । कथावस्तुले आकर्षित गरेपछि उनी यो फिल्म गर्न राजी भए । फिल्ममा उनी पत्रकारको भूमिकामा छन् ।