फेरि सर्‍यो सुमीको ‘सरौतो’

जनपत्र
१५ कार्तिक २०७६, शुक्रबार ०६:३६

अभिनेत्री सुमी मोक्तानको प्रमुख भूमिका रहेको फिल्म ‘सरौतो’ को प्रदर्शन मिति फेरि पोस्टपोन्ड भएको छ । यसअघि कात्तिक २२ र कात्तिक २९ गरि फिल्मको दुई पटक प्रदर्शन मिति हेरफेर भएको थियो । अब, यो फिल्म आउँदो मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । ‘घामड शेरे’ हुत्तिएर कात्तिक २२ मा पुगेपछि यसले प्रदर्शनका लागि कात्तिक २९ रोजेको थियो ।

तर, यो मितिमा यसअघि नै ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ प्रदर्शनका लागि तयारी अवस्थामा थिए । दुई फिल्मभन्दा भिड्दा दर्शक र हल बाँडिने हुँदा ‘सरौतो’ को निर्माण टिमले पुनः प्रदर्शन मिति फेरबदल गरेको हो । फिल्मका निर्देशक हरि हुमागाईंले एकै मितिमा धेरै फिल्म प्रदर्शन हुन लागेका कारण फिल्मलाई दुई हप्ता पछाडि प्रदर्शन गर्न लागेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*