दुनियाको सबैभन्दा भयानक घर, जहाँ १० घण्टा बिताउँदा पाइन्छ २२ लाख पुरस्कार

जनपत्र
१५ कार्तिक २०७६, शुक्रबार ०६:३२

भूतघर अर्थात् हन्टेड हाउसका बारेमा धेरै कथा, कहानी तथा फिल्महरु पनि देख्नु सुन्नु भएकै होला । यस्ता हन्टेड हाउसका प्रसंगले मनमा डर, रोमाञ्चकता तथा मनोरञ्जन सिवाय अरु दिने केही होइन । तर अमेरिकामा चाहिँ एउटा यस्तो भुतघर खोलिएको छ, जसमा तपाईंले डरत्रासको मज्जा मात्र होइन पैसा पनि कमाउन सक्नुहुनेछ । टेनिसीको समरटाउनमा स्थापित उक्त हण्टेड हाउसमा १० घण्टा बिताउन सक्नुभयो भने करीब २२ लाख रुपैयाँको पुरस्कार तपाईंको झोलीमा पर्नेछ ।

उक्त हण्टेड हाउसको नाम हो, ‘मे मी म्यानर’ । यो भुतघर भित्रको दृश्यहरु इति भयानक छन् कि त्यहाँ कुनै पनि मानिसका लागि १० घण्टा बिताउनु असम्भव प्रायः जस्तै हुन्छ । तर यदि जसले हिम्मत जुटाएर हण्टेड हाउसभित्र १० घण्टा बिताउँछ उसले २० हजार डलर पुरस्कार पाउँदछ । यो हण्टेड हाउसभित्र छिर्नु अगाडि जो कोहीले पनि ४० पेजको करारनामा गर्नुपर्दछ, ता कि भित्र डरका कारण केही भएमा स्वयं व्यक्ति नै जिम्मेवार हुन्छ । साथै घरभित्र जाने मानिसको उमेर २१ वर्षभन्दा कम हुनुहुँदैन । यसका साथै आफू स्वस्थ रहेको मेडिकल सर्टिफिकेट पनि पेश गर्नुपर्दछ ।

यतिमात्र कहाँ हो र, करारनामामा यतिधेरै कडा शर्तहरु हुन्छन् कि घरभित्र छिरिसकेपछि गम्भीर रुपमा शारीरिक वा मानसिक चोट नपरेसम्म बाहिर निस्किन पाइँदैन । हण्टेड हाउसभित्र छिरिसकेपछि धेरै मानसिक तथा शारीरिक त्रासदीहरुको सामना गर्नुपर्दछ । त्यसक्रममा मान्छेलाई रिस पनि उठ्नसक्छ, तर रिसलाई नियन्त्रणमा राख्नुपर्दछ । घरभित्र भूतका मूर्ति मात्र होइन डरलाग्दा पहिरनमा रहेका अन्य मानिसहरुले समेत अचानक अगाडि पछाडि आएर डरलाग्दो वातावरण सिर्जना गर्नेछन् । यसले मानिसलाई साँच्चीकै भूतको फेला परेको भान हुनेछ । उक्त हण्टेड हाउसका मालिकका अनुसार अहिलेसम्म कोहीपनि व्यक्तिले उक्त घरभित्र १० घण्टा बिताउन सकेको छैन ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*