ट्रम्पले सार्वजनिक गरे बगदादीलाई लखेट्ने कुकुर
राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएसआइएसका कमान्डर अबु बकर अल बगददीलाई मार्न अहम भूमिका खेलेको अमेरिकी सेनाको प्रशिक्षित कुकुरको तस्बिर सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटर मार्फत उक्त कुकुरको तस्बिर सार्वजनिक गरेका हुन्।
यो कुकुर बेल्जियम मालिनोस प्रजातिको हो। बेल्जियम मेलिनोस प्रजातिको कुकुर त्यो समयमा चर्चामा आएको थियो जतिबेला उसले युएस नेवी सिल टीमको अलकायदाका संस्थापक लादेनको एबटाबादमा खोजि गर्न मदत् गरेको थियो।
ट्रम्पले फोटो ट्विट गर्दै लेखेका छन्, ‘हामीले अदभुत कुकुरको एक तस्बिर सार्वजनिक गरेका छौं। जसले आइएसआइएसका कमान्डर बगदादीलाई मार्न ठूलो भूमिका निभाएको थियो।’ बेल्जियम मेलिनोस प्रजातिको कुकुर २५ देखि ३० किलोमिटर हिड्न सक्छ। यसको हमला गर्ने र टोक्ने क्षमता निकै बढी हुन्छ।







