कमल थापाले जिते चिनमा पहिलो खेल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चिनको सेन्जेन सहरमा भएको आइटिएफ सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटमा बिजयी हासिल गरेका छन् । शनिबारदेखि सुरू भएको खेलमा उनले चिनको ओउ सिहाङलाई ६-०, ६-० ले पराजित गर्दै बिजयी भएका हुन् ।
थापाले नेपाल भ्रमण वर्ष-२०२० लेखिएको जर्सी लगाएर खेल खेलेका थिए ।