आज कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन

जनपत्र
१० कार्तिक २०७६, आईतवार ०६:४३

आइतबार देशभर कुकुर तिहार मनाइँदै छ।

यमपञ्चकको दास्रो दिन कुकुर तिहार मनाइने भए तापनि यसपटक भने यमपञ्चकको तेस्रो दिन परेको हो।

चतुर्दशी बिहान ११ः५० सम्म छ र कुकुर पूजा बिहानको पूजा भएकोले यस दिन गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यस दिन कुकुरलाई माला लगाई, मीठा–मीठा खानेकुराहरू दिई पूजा गरिन्छ।

शास्त्रअनुसार विशेषतः मृत्युसँग सम्बन्धित कार्यमा काग र कुकुर दुबै पूजनीय छन्। यमपञ्चकका अवसरमा यमराजको पृथ्वीमा आगमनका क्रममा दुबैलाई पूजा गर्ने चलन रहिआएको हो।

यसै राति औँशी तिथि पनि परेकोले नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसै राति लक्ष्मीपूजा पनि तोकेको छ। नरक चतुर्दशी पनि रातिको पर्व हो र नरक चतुर्दशी तथा लक्ष्मीपूजा सँगै जनाइएकोले पनि यसबारे विवाद भएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*