शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार
रोल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल हुनु भएको छ । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पार्नुभएको छ । यसका साथै उहाँले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पार्नु भएको छ ।
यस्तै चेतन गोतामे ९स्याङ्जा० लोकस्टारको दोस्रो बन्न सफल हुनुभएको छ । उहाँले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा हात पार्नु भएको छ । विनोद दनुवार ९उदयपुर० ले भने प्रतियोगितामा तेस्रो स्थान हात पार्नुभयो । उहाँले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गर्नु भएको छ । यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल हुनुभयो । उहाँले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल हुनु भएको छ ।