र्यापर भिटेन साधारण तारिखमा रिहा

चर्चित र्यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् । अभद्र व्यवहारको आरोपमा म्याद लिई थुनामा राखेका र्यापर भिटेनलाई प्रहरीले शुक्रबार राति छाडेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । राईका अनुसार भिटने साधारण तारिखमा रिहा भएका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो । ‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो ।