‘ब्ल्याक बोर्ड’ बनाउँदै ‘इकु’
हास्यटेलिश्रृंखला ‘मेरी बास्सै’ मा गरेको अभिनयबाट ‘इकु’ को परिचय बनाएका सुलेमान शंकरले फिल्म ‘ब्ल्याक बोर्ड’ बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । यो फिल्मको शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत् औपचारिक रुपमा निर्माण घोषणा गरियो । बाल मनोविज्ञानमा आधारित भएर बन्न लागेको फिल्मको प्रस्तुतकर्तामा अर्जुन सापकोटा र सर्वाणी पाण्डे रहेका छन् ।
नेपाली समाजमा अभिभावकले आफ्नो सन्तानको हेरविचार गर्न नसक्दा उत्पन्न हुने समस्या र समाधानका उपायहरुको खोजी फिल्मले गर्ने निर्देशनमा होमिन लागेको सुलेमानले जानकारी दिए । सुलेमानसँगै फिल्ममा सरोज खनाल, निर्मल शर्मा, शिशिर भण्डारी, अशु न्यौपाने, भेषराज गौतम, बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया र रक्षा कँडेलको अभिनय रहनेछ ।







