उडानमा चिनियाँ नागरिकले किन गर्छन् असभ्य व्यवहार ?
हवाइ उडानमा चिनियाँ यात्रुहरुले देखाउने गरेको असभ्य व्यवहारका घटना बारम्बार सुन्नमा आउने गरेको छ । यसरी चिनियाँ नागरिकहरुसँग सम्बन्धित् अनौठा घटनाकै कारण पटकपटक उडान रद्द गराउनु परेपछि २०१४ मा माल्दिभ्स भ्रमणका क्रममा रहेका राष्ट्रपति जिनपिङले समेत चिन्ता व्यक्त गर्दै व्यक्तिगत रुपमा सबै चिनियाँ पर्यटकहरुलाई सभ्य व्यवहार देखाउन अनुरोध गरेका हुन् तर यसले पनि कुनै ठूलो प्रभाव पार्न नसकेको बताइएको छ ।
एक ६५ वर्षीय सङ थर भएका व्यक्ति चीनको पूर्वी प्रदेशमा गलत व्यवहारकै कारण पक्राउ परेका छन् । चिनियाँ संचारका अनुसार उनले विमान ल्यानड गर्दैगर्दा अचानक आपत्कालीन ढोका ९इमरजेन्सी एक्जिट० खोलेर सबैलाई आश्चर्यमा पारेका हुन् । यसरी पक्राउपछि आफ्नो स्पष्टिकरणमा उनले सो उडान आफ्नो जीवनको पहिलो भएका कारण सुरक्षा व्यवस्थाबारे थाहा नभएको बताएका छन् तर सुरक्षा नीतिबारे विमानमा जताततै लेखिएको र आपत्कालीन ढोकामा पनि स्पष्ट रुपमा चेतावनी दिइएको बताइएको छ । यसरी उनले विमानबाट छिटो बाहिर निस्किन र भीडबाट बच्नका लागि त्यस्तो गरेको बताइएको छ । तर आपत्कालीन ढोका खोल्दा त्यहाँ कुनै सिँढी नदेखेपछि उनलाई ठूलो झट्का लागेको हो जसलगत्तै क्याबिनका कर्मचारीहरुले उनलाई नियन्त्रणमा लिएका थिए । विमानस्थल सुरक्षा नीति विपरित कार्य गरेको आरोपमा अहिले पनि उनी पुलिसको हिरासतमा छन् ।
चिनियाँ यात्रुहरुले यस किसिमको अनौठो व्यवहार देखाएको धेरैपटक भइसकेको छ जसबारे चिनियाँ राष्ट्रिय संचारले खबर गर्दै आएको छ । गत वर्ष पनि एकजना यात्रुले यसैगरी लाइनमा बिस्तारै जानुपर्छ भनेर पूर्ण रुपमा ल्यान्ड नभएको विमानको आपत्कालीन् ढोका खोलिदिएका थिए जसले विमानलाई जोखिममा पारेको बताइएको थियो । त्यस्तै अघिल्लो वर्ष नै अर्का एक यात्रुले पनि ए।सीको विषयमा विवाद भएपछि विमानका तीनवटा आपत्कालीन ढोकाहरु खोलिदिएका थिए जसपछि सो उडान रद्द गर्नु परेको थियो ।
यसैगरी गत महिना नै थाइ एयरएसियाको उडानमा पनि एक चिनियाँ नागरिकले सेवाको न्ह्युमा क्याबिनका कर्मचारीसँग आफ्ना प्रेमीको भनाभन परेपछि तिनीमाथि तातो पानी खन्याइदिएकी थिइन् जसपछि सो विमान पुनः ब्यांकक फर्किन बाध्य भएको हो । यो घटनाको व्यापक चर्चा भएपछि चिनियाँ राष्ट्रिय पर्यटन विभागले कडा बयान जारी गर्दै यसले चिनियाँहरुको छविमा गम्भीर असर पारेको हुँदा थप अनुसन्धान गर्न भनेको थियो । यसैगरी एक चिनियाँ यात्रुले सुरक्षित उडानको प्रार्थना गर्दै विमानको इन्जिनमा सिक्का फालेको घटना पनि हालसम्मकै आश्चर्यजनक मानिएको छ । उनको सानो गलतीले उडानमा ढिलाइ हुनुका साथै विमानको इन्जिन नै खोल्नुपर्ने भएपछि एयरलाइनलाई थुप्रो घाटा भएको बताइएको थियो । सो घटनामा पुलिसहरुले नौवटा सिक्का फेला पारेका थिए जसमध्ये एउटा इन्जिनमा पसेको हो । त्यस्तै २०१७ मा पनि एक चिनियाँ यात्रुले गर्नु हुँदैन भन्दाभन्दै पनि आफ्नो व्यक्तिगत जिज्ञासाका कारण उड्न लागेको विमानको इमरजेन्सी ढोका खोलिदिएपछि उडानमा ढिलाइ भएको थियो ।
यसरी चिनियाँ यात्रुहरुको खतरनाक व्यवहारलाई अन्त्य गर्न चाइना एयर ट्रान्सपोर्ट असोसिएसनले २०१६ को फेब्रुअरीदेखि असभ्य यात्रुहरुलाई कालोसूचीमा राख्ने नीति लागू गरेको हो । यस किसिमका घटनाले विमान सञ्चालनमा अवरोध ल्याइ सार्वजानिक सुरक्षालाई जोखिममा पार्नुका साथै देशको छविमा पनि विकार ल्याइरहेको भन्दै अधिकारीहरुले सो नियम कार्यन्वयन गरिने बताएका थिए । यस अन्र्तगत अर्का यात्रुमाथि हमला गर्ने, उडानलाई अवरोध पुग्ने किसिमका गतिविधि, आतङ्ककारीबारे गलत खबर फैलाउने विमान वा विमानस्थलभित्र झैझगडा गर्ने, बिना अनुमति आपत्कालीन ढोका खोलिदिने लगायतका काम गर्नेहरुलाई कालोसूचीमा राखिने नियम रहेको छ । तरपनि चीनमा यस्ता घटनाहरु बारम्बार घटिरहने गरेको पाइन्छ । सिएनएनबाट