टिकटकमार्फत् आतङ्कबारे प्रचार गर्दै आईएसआईएस
आतङ्ककारी संगठन इस्लामिक स्टेट अर्थात आइएसआइएसले युवाहरुमाझ लोकप्रिय एप टिकटक मार्फत गलत प्रचार गर्न सुरु गरेको छ । संचार एजेन्सी वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार उक्त आतङ्की समुहले टिकटकमा इस्लामिक स्टेटका गीत, शवहरुको फुटएज लगायतका भिडियो पोस्ट गरेको हो । यति मात्र नभएर उनीहरुले आइएसका लडाकूलाई समेत भिडियोमा देखाउँदै युवाहरुलाई आइएसमा समावेश हुन प्रोत्साहन गरेका हुन् ।
ती मध्येको एक आतङ्की भिडियोले ६८ लाइक पाएको छ भने आइएस आइएससँग सम्बन्धित अकाउन्टका १ हजार भन्दा बढी फलोअर रहेको पाइएको हो । सो भिडियो युवाहरुलाई आकर्षित गर्ने लक्ष्य सहित बनाइएको अनुमान गरिएको छ । भिडियोमा गीतको लय, बोली लगायत सबै युवाहरुलाई केन्द्रित गराउने किसिमले विशेष रुपमा निर्माण गरिएको अक्सफोर्ड युनिभर्सिटीकी विज्ञ एलिजाबेथ केन्डल बताउँछिन् । उनले भनेकी छन्, “यसरी गीतको भिडियो बनाएर लोकप्रिय एपमा पोस्ट गर्नुले आइएस आइएसको विचारधारा छिट्टै फैलन मद्दत गर्छ र धेरै हदसम्म प्रभावकारी साबित हुन सक्छ ।”
सोसल मिडिया इन्टेलिजेन्स कम्पनी ‘स्टोरीफुल’ ले आइएसआइएस सम्बन्धित दुई दर्जन अकाउन्ट फेला पारि सबै हटाएको हो । यसबारेमा टिकटकका प्रवक्ताले भनेका छन्, “यो हाम्रो मात्र नभएर सामाजिक संजाल उद्योगकै लागि ठूलो चुनोति हो जो एपको सुरक्षा नीतिहरुका कमजोरी खोजेर यस किसिमका गतिविधिमा संलग्न हुन्छन् । तरपनि हामीसँग टिकटकलाई यस्ता अभद्र व्यवहारबाट जोगाउन आक्रामक रुपमा समर्पित टोली छ । ” एजेन्सीको सहयोगमा







