३ सय वर्षअघि समुद्रमा डुबेको पानीजहाज : किन गरिँदै छ विश्वभरिबाट दावी ?

जनपत्र
६ कार्तिक २०७६, बुधबार ०७:०२

जुन ८ तारिख सन् १७०८ का दिन जब कोलम्बियाको कार्टाजेना समुद्र किनारामा स्पेनको सैन जोस गैलियन आगोले घेरियो, यो स्पेनको जहाज मध्यान्नदेखि ब्रिटिसका विरुद्ध युद्ध लडिरहेको थियो। तर रात हुँदै गर्दा ६२ तोपले भरिएको जहाज क्यारेवियन सागरमा बिलायो।

जहाजमा करिब ६०० मानिस सवार थिए। जहाजमा २० अर्ब डलर बराबरको मूल्य पर्ने सुन, चाँदी र बहुमूल्य गहनाहरु थिए। यी सबै समुद्रमा डुबे। वर्षौंसम्म सैन जोस गैलियनको समुद्रको पिँधमा बिलायो। २०१५ मा यो जहाजको रहस्य उजागर सुरु गरियो। कोलम्बियाली सरकारले नै आधिकारिक रुपमा यसको खोजी हुने घोषणा गरेको थियो। सरकारको खोजीपछि फेरि यो जहाज चर्चामा आयो। कोलम्बिया सरकारले उक्त जहाज समुद्रको ६०० मिटरमुनि फेला पनि पार्‍यो।

खजानामाथि दावेदारी सुरु
यसरी खोजी गरेको चार वर्षपछि उक्त जहाज समुद्रको ६०० मिटरमुनि नै रहेको छ। जहाजमा भएका धनको धेरै दावेदारी आएपछि कोलम्विया सरकारले त्यसलाई सोही स्थानमै रहन दिने निर्णय गर्‍यो। डुबेको गैलियनको जहाजको पुरानो सामनालाई ‘होली ग्रेल’ भनिन्छ। कोलम्बिया सरकारले यसको खोजी त गर्‍यो। तर यो जहाज कहाँबाट डुबेको थियो भन्ने केही खुलाउन चाहेन। तर अनुमान भने सैन जोस कार्टाजेना भन्दा करिब ४० किलोमिटर पर रोजेरियो द्वीप समूहको छेउबाट यो डुबेको अन्दाज गरिँदै आएको छ। यो द्वीपमा उष्णकटियाबन्धीय जङ्गल रहेको छ, जो नेसनल पार्कको एक हिस्सा पनि हो।

कैंयौँ साना मोटरबोट दैनिक उक्त क्षेत्रमा जाने गर्दछन्। समुद्रको मुनिबाट हिँड्ने उनीहरुले कहिल्यै अर्बौंका खजाना भएको सैन जोसको जहाज डुबेको उनीहरुलाई कुनै कल्पना समेत थिएन। यो खजाना भरिएको तर बेपत्ता भएको जहाजले सदियौंदेखि मानिसका लागि अचम्मित गर्दै आएको थियो। नोबेल पुरस्कार पाएका लेखेक गैब्रिएल गर्सिया मार्खेजले ‘लव इन दि टाइम अफ कोलेरा’मा गैलियन जहाजको बारेमा लेखेका थिए। यो उपन्यासको मुख्यपात्र फ्लोरेन्टिनो एरिजा समुद्रको पिँधमा जाने र सैन जोसको खजाना खोजेर ल्याउने योजना बनाउँछ।

बगोटाबाट आएको सैलानी बिबियाना रोजस मेजिया भन्छिन् ‘क्यारिबिया धेरै जादुमय छ।’ आफ्नो परिबारको साथमा इस्ला द्वीपको तटमा पूरा दिन बिताएको थियो। यो यहाँको धेरै ठूलो द्वीप थियो। यो जादुमय यथार्थ हाम्रो देशमा छ, तर हामीलाई थाहा छैन सैन जोस गैलियनमा कति खजाना छ, यो कुनै किम्वदन्ती पनि हुनसक्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*