परिवारका चार सदस्यको हत्यापछि शव लिएर प्रहरीकहाँ पुगे यी युवा

अमेरिकामा एक भारतीयले गरेको सनसनीखेज अपराधको घटना बाहिर आएको छ । समाचारमा आएअुसार भारतीय मूलका शंकर नगप्पा हांगुणले सोमबार आफ्नो परिवारका ४ सदस्यको हत्या मात्र गरेनन्, उनीहरुको शव लिएर प्रहरी स्टेसनमा पनि पुगे ।
उनले प्रहरीकहाँ पुगेर आफूले चार जनाको हत्या गरेको र एकजनाको शव आफ्नो गाडीमा रहेको जनाएका थिए । प्रहरीले त्यसपछि अनुसन्धान सुरु गर्यो । ती युवाले भनेजस्तै उनको गाडीमा एक जना र घरमा ३ जनाको शव भेटियो ।
शंकरले आफ्नै परिवारका सदस्यको हत्या गरेका हुन् । यो अमेरिकामा अनौठो घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी गिब्सनले भनेका छन्, ‘आफैंले हत्या गरेर शव लिएर प्रहरी चौकी आएका मानिसहरु मैले खासै देखेको छैन ।’