आध्यात्मिकता द्वारा एकता, शान्ति र समृद्धी

भगवती पुडासैनी
३० आश्विन २०७६, बिहीबार ११:३७

ब्रम्ह कुमारी राजयोगद्वारा भारतको मधुवनमा आयोजित शिखर सम्मेलनमा धेरै वर्ष अघि देखि जमर्को गर्दा गर्दै यो वर्ष अवसर मिल्यो भारतको माउन आवु मधुवन पुग्न । सोचे भन्दा रमाईलो र सुव्यवस्थीत सम्मेलन साँचै शान्ति सम्मेलन नै हुदो रहेछ ।
सेतो ,सफा र सुन्दर पहिरनमा २०औं हजार मान्छेको भिडले कार्यक्रम स्थल मात्र हैन शहर र बस्तिकै सुन्दरता बढाएको देखिन्थ्यो ।

हामी जस्तै अन्य देश विदेशबाट आउने पर्यटनले त्याहाँको २०औं हजार मानिसको खाने,बस्ने र सरसफाईको व्यवस्थापन पक्षलाई नै प्रमुख सिकाईको रुपमा लिएको पाईन्छ ।

सबै क्षेत्रका नागरीक एकै ठाउँमा भेला

नेता,कार्यकर्ता,शिक्षक,वुद्विजिवी, व्यावसायी,उध्योगपती ,प्रशासन,न्यायक्षेत्र देश हाक्ने सबै शक्तिहरुको सबै देशबाट प्रतिनीधित्व भएको बुझियो । विभिन्न देशवाट सहभागीता जनाउने मानव सागरको भिडले त्यस क्षेत्रको पर्यटन पर्यावरणमा वृद्वि भएको पाईन्छ ।

आवु पर्वतका विभिन्न पर्यटन क्षेत्र हेरियो पाण्डप पोखरी, विर मणि मन्दिर लगायत जहाँ पुगेपनी उहीँ संन्देश झल्काउँछ । परिवर्तन आफैं बाट शुरु गर्नु पर्छ । आफ्नो संस्कारमा शुद्वता र फटिक जस्तो सफा आफैंले बनाउनु पर्छ । हाम्रो पारिवारीक र सामाजिक वातावरण धमिलो हुन दिनु हुदैन । पारिवारीक वातावरण सफा र सुन्दर हुनाले सामाजिक कार्य कुसलतामा सकारात्मक प्रभाव पर्न सक्छ ।

यात्रालाई फरक -फरक रुपमा लियौं

कसैले यो यात्रालाई धार्मिक यात्राका रुपमा लियौं, कसैले मनोरन्ज र तनाव व्यवस्थापनका रुपमा लियौ, कसैले सामाजिकक उत्तरदायित्व ,कसैले मानवता र सेवा भक्तिका रुपमा लियौं जस्ले जसरी जुन आँखाले हेरेपनी सबैको साझा बुझाई र सिकाई भनेको त्याहाँको व्यवस्थापन र कार्य कुसलाता नै हो ।

महिले त्याहाँ गएर सिकेको धर्म र कर्म दुई फरक कुरा रहेछ । धार्मिक आस्था आ–आफ्नो होला तनाव व्यवस्थापनका लागि सबैले अप्नाउन पर्ने एकतृत ध्यान नै हो । त्यो मन र चित्तलाई एकाग्र बनाएर बस्न सबैका लागि सजिलो पक्ष पनि हैन तर पनि त्यसले मानिसमा सकारात्मक भाईव्रेसन रिचार्ज भने हुन्छ नै । जस्ले गर्दा मानिसमा उत्पन्न हुने नकारात्मक पक्षलाई उठ्न दिदैन । तर कर्म आफैंले गर्ने हो । कर्मले नै अरुको विचार जित्न सकिन्छ,मन जित्न सकिन्छ र आफ्नो प्रभाव बाढ्न सकिन्छ ।

त्याहाँको व्यवस्थापनमा मेसिनरी साधनबाट भएको काम त हिसाबै छैन तर मानिस पनि मेसिन जस्तै सुव्यस्थित सुचारु कसरी भएको होला रु २०औं हजारका लागि ३ दिन ५ दिन दैनिकीमा पर्ने सबै कर्मका लागि सेवामा कही कतै केहीमा पनि कमी नहुनु भनेको अचम्बकै व्यवस्थापन रहेछ । विहान उठे देखि राती सुत्ने बेला सम्म अभाव र असजिलो भन्ने झेल्नै नपर्ने यो प्रसंसनिय कर्मले सबैका लागि सिकाई भएको छ । तर कति ग्रहण गर्न सक्छौं थाहा छैन ।

एकपटक पुग्नै पर्ने सफा र सुन्दर स्थान

कर्मले अरुको मन विचार वित्छ भनेको यही हो २०औं हजारलाई एकै पटक आकर्षण गर्न सक्ने एकपटक पुग्नै पर्ने सफा र सुन्दर स्थान । पुजा शक्तिको गर्ने हो शरिरको हैन १ हामीले पुज्दै आएका सबै देवी देवता आखिर मानिसकै रुपबाट भगवान बनेका हुन जो हामी पुज्दै छौं । उनिहरुको कर्म र कार्य कौसलताको प्रशंसा गरेर सम्झनु नै पुजा,पाठ,जप,ध्यान नै हो । जसले पनि राम्रो र प्रसंसनिय कार्य गर्न सके भावि पुस्ताका लागि सम्झन योग्य व्याक्ति बन्न सकिएला । यो सिकाई सबै पदिय हैसियतमा बसेका जिम्मेवारहरुका लागि हुनेछ ।

नयाँ ठाउँ घुम्न, नयाँ कुरा सिक्न र नयाँ दृष्य अवलोकन गर्न ईच्छा सबैमा हुन्छ तर ईच्छा संगै आ(आफ्ना वाध्यात्मक परिस्थीती पनि हुन्छन । यस्तो सहभागीताका लागी गरिवको पहुँच पुग्दैन , मध्यम वर्गको फुर्सत हुदैन धनिलाई आवश्याकता पर्दैन जस्ले गर्दा जो संग समय र सम्वाभना छ उनिहरुबाटै सकारात्मक कार्यको थालनी गरौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*