‘कबड्डी ३’ ले दुई हप्तामा कमायो ११ करोड

बक्सअफिसमा सफल प्रदर्शन गरिरहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले दुई हप्तामा ११ करोडको आँकडा पार गरेको छ । शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग बडा दशैंको शुभकामना आदान प्रदान गर्दै निर्माण टिमले फिल्मको दुई हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गर्यो । वितरक कम्पनी स्टेशन फाइभका प्रचण्डमान श्रेष्ठले फिल्मले दुई हप्तामा राजधानीमा ६ करोड छापेको बताए ।
फिल्मको मोफसलको वितरण भने मनोज राठीको कम्पनी ब्यांकटेस् इन्टरटेनमेन्टले लिएको हो । उनी कार्यक्रममा उपस्थित भएका थिएनन् । उनको भनाई उद्धित गर्दै फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले बिहीबार साँझसम्म ‘कबड्डी कबड्डी कबड्डी’ ले देशभरबाट कूल ११ करोड ३ लाखको व्यापार गरेको जानकारी दिए । भोली ९फूलपाती० बाट दशैंको विदा भएका कारण फिल्मको व्यापार बढ्ने अपेक्षा निर्माण टिमको छ ।