नेकपा हेटौंडा नगरकमिटीको टुङ्गो लाग्यो
हेटौंडा । नेकपा मकवानपुरले हेटौंडा उपमहानगरपालिका नगरकमिटीको आज टुङ्गो लगाइएको छ । एक सय १ सदस्य नगरकमिटी वन्ने गरी टुङ्गो लगाइएको हो । पूर्व एमाले र माओबादी बिचमा सहमतीका आधारमा आज टुङ्गो लगाइएको हो ।
नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडा, अर्का केन्द्रीय सदस्य तथा सह–इन्चार्ज कुमारी मोक्तान सहितको उपस्थितीमा नगरकमिटीको टुङ्गो लगाइएको छ । एक सय एक सदस्यमा ६२ जना सदस्य पूर्व एमालेबाट र ३९ जना पूर्व माओबादीबाट चयन गर्नेगरी टुङ्गो लगाइएको बैठकमा सहभागि नेकपा मकवानपुरका कार्यालय टिमका सदस्य एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।
हेटौंडाको १९ वटा वडा मध्यमा १२ वटा वडा पूर्व एमालेको भागमा र अरु ७ वटा वडा पूर्ब माओबादीको भागमा परेको श्रेष्ठले वताउनुभयो । यस अघिनै हेटौंडा उपमहानगर कमिटीमा अध्यक्ष रघु आचार्य र सचिवमा तिर्थ थापा चयन हुनु भएको छ ।
वडा अध्यक्ष पूर्व एमालेले पाएको स्थानमा सचिव पूर्व माओबादीले प्राप्त गर्ने छ । यता पूर्व माओबादीको अध्यक्ष भएको स्थानमा सचिब पूर्व एमालेबाट चयन गरीने भएको छ । नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्दलको अध्यक्षतामा भएको कार्यालय टिमको बैठकले टुङ्गो लगाएको हो ।






