स्पेनमा पूर्व उपराष्ट्रपति लगायत ११ नेतालाई जेल सजाय

जनपत्र
२८ आश्विन २०७६, मंगलवार ०७:४५

स्पेनको सर्वोच्च अदालतले त्यहाँका पूर्व उपराष्ट्रपति ओरिएल जान्क्वेरस सहित ११ पूर्व नेताहरुलाई १३ वर्षको जेल सजाय सुनाएको छ । उनीहरुलाई सोमबार अदालतले सो जेल सजाय सुनाएको हो । उनीहरुमथि सन् २०१७ मा भएको जनमत संग्रहमार्फत देश टुक्र्याउन भूमिका खेलेको आरोप लगाइएको छ । जनमत संग्रहमार्फत स्पेनको उत्तरपूर्वी क्याटलिन क्षेत्रलाई स्वतन्त्र मुलुकको रुपमाा घोषणा गरिएपनि त्यसले पूर्णता पाउन सकेको थिएन ।

यस मुद्धलाई सन् १९७५ मा तानाशाह फ्रान्सिस्को मृत्युपछिको सबैभन्दा ठूलो र चर्चित मुद्दा मानिएको छ । देशद्रोह र सरकारी पैसाको दुरुपयोगको आरोपमा अदालतले क्याटलिन क्षेत्रका पूर्व उपराष्टपति ओरिएल जान्कर्सेलाई १३ बर्षको जेल सजाय सुनाएको छ भने आठ अन्य नेतालाई नौदेखि १३ वर्ष कैदको सजाय सुनाएको छ। बाँकी तीन नेताहरूले कम सजाय पाएका छन् । सजाय पाउनेहरुमा क्षेत्रीय संसदका अध्यक्ष कारमे फोरकाडेल पनि रहेका छन्। उनलाई साढे ११ वर्षको जेल सजाय सुनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*