विद्यालय वेरोजगार उत्पादन गर्ने कारखाना बन्नु हुँदैन–मन्त्री नेपाल

हेटौंडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले विद्यालयको भवन वेरोजगार उत्पादन गर्ने कारखाना बन्नु नहुने वताउनुभएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ गातीमा बिद्यालय हस्तान्त्रण कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा वताउनुभएको हो ।
मन्त्री नेपालले भूकम्पका कारण क्षतिग्रस्त आठ वटा विद्यालयका भवनहरु एकैसाथ निर्माण गरि हस्तान्तरण गरेकोले जर्मनीको शिक्षक तथा विद्यार्थिहरुको समूह प्रति सम्बन्धित क्षेत्रबाट निर्वाचित जनप्रतिनिको हैसियतमा आभार व्यक्त गर्नुभयो । विद्यालय भवनहरु सुविधासम्पन्न र गुणस्तरिय भएको वताउँदै भन्नुभयो–‘विद्यालयको शिक्षा गुणस्तरिय हुन सकेन भने ती भवनहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न सक्ने भएकोले, सम्पूर्ण सरोकारवालाहरु शिक्षाको गुणस्तर उकास्ने कार्यमा लाग्नुपर्छ ।’
यस क्षेत्रको शिक्षाको स्तर उकास्नको लागि मेरो तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने उहाँले वताउनुभयो । यस क्षेत्रको शैक्षिक, सामाजिक, आर्थिक विकासको लागि आफ्नो तर्फबाट विकास निर्माणका कामहरु भैरहेको वताउँदै भन्नुभयो–‘यस क्षेत्रको विकासमा आगामि दिनहरुमा पनि सरोकारवाला पक्ष सबैसँग निरन्तर सहकार्य र सहयोग गर्न म प्रतिबद्ध छु ।’
आठ वटा बिद्यालय हस्तान्तरण
सिन्धुपाल्चोकमा निर्माण भएका आठ वटा सामुदायिक बिद्यालय आज हस्तान्तरण गरिएको छ । नमस्ते नेपाल जर्मनीको आर्थिक सहयोगमा बनेको आठ वटा विद्यालयका भवनहरुको एकमुष्ट रुपमा मन्त्री नेपालले हस्तान्तरण गर्नु भएको हो ।
सबै भवनमा ८ कक्षाकोठा, ४ कोठे शौचालय निर्माण गरिएको छ । प्रत्यक बिद्यालयको लागत १ करोड रुपैयाँ भन्दा माथी रहेको छ । बाह्रबिसे नगरपालिकाको वडा नंम्बर ५ र ६ मा बनेका आठ वटा भवनहरु विद्यालय व्यावूथापन समितिका अध्यक्षहरु र प्रधानाध्यापकहरुलाइ हस्तान्तरण गरिएको हो ।
आजको कार्यक्रममा कालिदेवी मावि बाह्रबिसे, खडादेवी आधारभूत बिद्यालय, नमूना सिमसार आधारभूत बिद्यालय, गोरखनाथ आधारभूत बिद्यालय, सेतिदेवी आधारभूत बिद्यालय, सिँगार्चे आधारभूत बिद्यालय, बालहित आधारभूत बिद्यालय, मान्द्रा बालविकास केन्द्र, बाह्रबिसेको आज हस्तान्त्रण गरिएको हो मन्त्री नेपालका स्वकिय सचिव लक्षमण पौडेलले जानकारी दिनुभयो ।