प्रहरी स्कुल छोड्नुपुर्व सामाजिक सेवा गर्दै विद्यार्थीहरु

जनपत्र
३ चैत्र २०८२, मंगलवार ०७:३७

हेटौंडा । कक्षा दशको शैक्षिक गतिविधीको समाप्ति पश्चात एसइइको तयारीमा रहेका नेपाल प्रहरी स्कुलका विद्यार्थीहरुले ट्राफिक नियम सम्बन्धी जानकारी लिएर एक दिन सामाजिक सेवा अन्तर्गत ट्राफिक स्वयम सेवकको रुपमा कार्य गरेका छन ।

नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनमा कक्षा दशमा अध्ययनरत छात्र छात्रहरुले आज नारायणगढको सडकमा एक दिन ट्राफिक स्वयम सेवकको रुपमा कार्य गरेका हुन ।
नजिकिंदै गरेको एसइइ पश्चात प्रहरी विद्यालय छाड्ने विद्यार्थीहरुलाई लक्षीत गरेर सचेतनामुलक कार्यक्रम एवम विद्यार्थीहरुलाई सामाजिक उतरदायित्व बहन गर्न सक्ने आचरण व्यवहार प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम संचालन गरीएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।

बिद्यार्थीहरुलाई नेपाल प्रहरीको दैनिक कामकारबाही,अपराध अनुसन्धान एवम बिभिन्न बिषयका कानुन ज्ञानका साथै सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी महत्वपुर्ण प्रावधान, ट्राफिक नियम, कारबाही, जरीवाना एवम सवारी दुर्घटना न्युनिकरणमा एक जिम्मेवार नागरीकको भुमिका सम्बन्धमा सचेतना प्रदान गरीएको छ । सचेतना कक्षामा सहभागी छात्र छात्राहरुले आफुले सिकेका जानकारीहरुलाई ट्राफिक प्रहरीसंगै सडकमा खटिएर ट्राफिक स्वयम सेवकको भुमिका समेत निर्वाह गरेका थिए ।

ट्राफिक प्रहरीसंगै नारायणगढको विभिन्न व्यस्त चोकमा परिचालित ट्राफिक स्वयमसेवक विद्यार्थीहरुले सवारी नियम उलंघन गर्नेहरुलाई कारबाही गर्न सहयोग गर्ने, जेब्राक्रसिङबाट बाटो काट्न सहयोग गर्ने, सडक प्रयोगकर्ताहरुलाई सुरक्षीत सडक प्रयोग गर्ने सम्बन्धी जानकारी दिने लगाएतका कार्य सम्पादन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनसंग समन्वय गरी नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनमा कक्षा दशमा अध्ययनरत ५३ जना विद्यार्थीहरुले आज सार्वजनिक सेवा अन्तर्गत ट्राफिक स्वयम सेवकको रुपमा एक दिन कार्य गरेको स्कुलका समादेशक प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लि नारायण पाण्डे, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापा, स्कुलका समादेशक प्रहरी निरीक्षक रोशन थापा, स्कुलका शिक्षक एवम कर्मचारीहरुको उपस्थिती रहेको थियो । उत्कृष्ट शैक्षिक वातावरणका साथै अनुशासन, सामाजिक व्यवहार, अतिरीक्त क्रियाकलाप लगाएतका बिषयमा विद्यालयस्तरबाटै छात्र छात्रालाई अभ्यस्त गर्दै आएको नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले विभिन्न परिक्षाहरुमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यालयलमा आगामी शैक्षिकको लागि कक्षा एक देखी ९ सम्म भर्ना समेत खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*