मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, कुन् उम्मेदवारको कती मत ?
हेटौंडा। मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू फराकिलो मतान्तरका साथ अग्रस्थानमा देखिएका छन्। जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतम तथा क्षेत्र नम्बर–२ मा प्रशान्त उप्रेतीले प्रतिस्पर्धी दलका उम्मेदवारहरूलाई निकै पछि पार्दै अग्रता कायम गरेका छन्।
निर्वाचन क्षेत्र नम्बर–१ मा गौतमले सुरुवाती मतगणनादेखि नै निरन्तर अग्रता बनाउँदै आएका छन्। पछिल्लो मतपरिणामअनुसार उनी नेपाली कांग्रेस, नेकपा एमाले लगायत अन्य दलका उम्मेदवारहरूभन्दा उल्लेख्य मतान्तरले अगाडि रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मकवानपुर क्षेत्र नं १ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–२,४,५,६,७,८,९,१० को मत गणना हुँदा सम्म राजस्वपाका उम्मेदवार प्रकाश गौतमले १९,२३६ मत प्राप्त गरेका छन् । त्यसैगरी दा्स्रो स्थानमा नेकपा एमालेका रामेश्वर रानाले ३,९९९ मत प्राप्त गरेका छन् । यसैगरी तेस्रो स्थानमा भने नेपाली कांग्रेसका उम्मेदवार महाँलक्ष्मी डिना उपाध्यायले ३४९५ मत प्राप्त गरेकी छन् । यसैगरी चौथो स्थानमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले २३७६ मत प्राप्त गरेका छन् । यसैगरी नेकपाका उम्मेदवार बिजय गौतम भने पाँचौ स्थानमा पुगेका छन् । उनले भने ११६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ मा पनि रास्वपाका उम्मेदवार उप्रेतीले प्रारम्भिक चरणदेखि नै बलियो अग्रता कायम गरेका छन्। मतगणनाको हालसम्मको परिणामले उनलाई अन्य दलका प्रमुख प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा फराकिलो मतान्तरमा अगाडि देखाएको छ।
मकवानपुर–२ मा हालसम्म राजस्वपाका उम्मेदवार प्रशान्त उप्रेती अगाडी छन् । यस क्षेत्र अन्तरगत मनहरी गाउँपालिकाको सबै वडा र थाहा नगरपालिकाको ३,४,५,६,७,८,९,१०,११,१२ को मत गणना गर्दासम्म मकवानपुर २ मा ३४ हजार ंभन्दा बडी मत गणना भएको छ । त्यसमा रास्वपाका प्रशान्त उप्रेतीको ११९३३ मत, दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार महेश कुमार बतौलाको ५७८६ मत, तेस्रो स्थानमा रहेका लवशेर विष्टको ५६४३ मत र चौथो स्थानमा रहेका नेपाली कांग्रेसका बुद्ध लामाको ५०२९ मत प्राप्त गरेका छन् ।
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबारदेखि सुरु गरिएको हो। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसपटकको निर्वाचनमा मकवानपुरमा रास्वपाको अप्रत्याशित रूपमा बलियो उपस्थितिले राजनीतिक वृत्तमा चासो र चर्चा बढाएको छ। जिल्लाका दुवै क्षेत्रमा रास्वपा उम्मेदवारले प्रारम्भिक मतगणनामै अग्रता कायम गरेपछि अन्तिम परिणाम कस्तो आउने भन्नेबारे सर्वत्र चासो बढेको छ।







